जुक्ति
******
एउटी अत्यन्त सुन्दर महिला थिईन , सुन्दरताका साथै उनको दिमाग पनि तिक्ष्ण थियो ।
उनि एक दिन सानो छोरा लाई मन्टेश्वरी स्कूलमा भर्ना गर्न गयिन ।
प्रिन्सिपलले उनको सुन्दरताको वारेमा सुने को मात्र थियो ,आज पहिलो पटक देख्यो ।
एक दिन हाफ छुट्टीको समयमा उनको छोरा संग प्रिन्सिपलले भन्यो , -" बाबु ! तिम्रो मामुलाई शरले नमस्ते भने को छ ,भनि देउ ल !
केटो घरमा आएर भन्यो " मामु ! पिन्तिपल तरले मामुलाई नमत्ते भने तो "
महिलाले छोराको हातमा नमस्तेको उत्तर "नमस्ते" भनेर पठाईन ।
यो क्रम लगभग हप्ता भरि चल्यो।
महिलाले आफ्नो पति संग परामर्श गरिन , अर्का न दिन प्रिन्सिपल लाई घरमा बोलाउने सल्लाह भयो । छोरो मार्फत चिठ्ठी पठाईयो । " भरे सांझ भेटौं न शर "
प्रिन्सिपल खुशी भयो ।
हप्ता दिन देखी नुहायको थियन ,आज नुहायो ,खुईलेको जिन्समा आईरन घस्यो ,
दराज बाट नयां टिसर्ट निकालेर लगायो ।
सांझ पख उनको घर तिर लाग्यो ।
महिलाले चिया खाजा ख्वाईन ,छोराको पढाई बारे सोध पुछ गरिन ।
केही बेरको औपचारिक कुराकानी पछि प्रिन्सिपल ,उस्को वास्तविक स्वरुपमा प्रस्तुत भयो । "भगवानले तपाईं लाई फुर्सत मै बनाए जस्तो लाग्यो ।"
महिला : प्रशंसाका लागी धन्यवाद ।
उसले मर्यादा नाघ्दै भन्यो -
" म तपाईं लाई औधि मन पराउन थालें ।"
महिला : ए ! हो र ? , मेरो पतिले यो कुरा सुन्नु भयो भने ? रिसाउनु पो हुन्छ त !
बरु उहां आउने बेला भयो , शर आज जानु भय हुन्छ , भोली यसै समय आउनु होला बसेर कुरा कानी गरौंला ।
प्रिन्सिपल हिंडनै लागेको थियो ,उनको पति को आवाज आयो " को हो घरमा ? चोर त होईन ? मेरो फेला परिस भने तंलाई कहां छोड्छु र ! "
प्रिन्सिपलको सातो गयो - उ लुक्ने ठाउं खोज्न थाल्यो ।
महिलाले तुरुन्तै उसलाई एउटा रातो पछ्यौरा दिईन , र जांतो देखाउंदै भनिन " पछ्यौरा ओढेर बिस्तारै मकै पिस्न थाल्नोस , अरु कुरा म मिलाउंछु ।
म पतिलाई सामान किन्न बजार पठाउंछु , त्यसै समयमा निस्कनु होला ।"
प्रिन्सिपल जांतोमा मकै पिस्न लाग्यो । पति घर प्रवेश गर्ना साथ सोधे " यिनी , को महिला हुन जांतोमा ? "
" पल्लो घरमा डेरा गर्न आएकी नयां बैनी , मकै पिस्न आएकी रे " उनले भनिन ।
पति-पत्नी निकै बेर बातचीत गरेर बसे । करिब एक घंटा पछि उनले पति संग भनिन " ओहो , मैले त भुसुक्कै बिर्सेछु , भोली लाई चिनी चियापत्ती छैन , पसल जानु थियो ! " पति उठेर पसल तिर लागे ।
एक डालो मकै पनि पिसेर सकिएछ , एक घण्टा सम्म मकै पिस्दा प्रिन्सिपल पसिनाले निथ्रुक्क भयछ । ओढेको पछ्यौरा फुत्त फालेर उ सुईंकुच्चा ठोक्यो ।
.
.
.
पन्ध्र दिन पछि -
.
महिलाको छोराले प्रिन्सिपल संग भन्यो -
" तर लाई मामुले नमत्ते भने तो "
.
प्रिन्सिपलले मनमनै भन्यो " हरामीहरु !!! मकैको पिठो सकिए छ ?
पन्ध्र दिनमा तिस किलो पिठो खाए होलान ?
नत्र , छोरा संग नमस्ते भनि पठाउन नपर्ने ?"

-०-

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home