स्वर्ग र नरक
**********
एक बृध्द महिलाको मृत्यु भयो, यमराज लिन आए।
महिलाले यमराज संग सोधिन, मलाई स्वर्ग लैजाने की नरक ?
यमराजले भने " न स्वर्गमा न नरकमा !
तिमीले यस जन्ममा असल कर्म गरेको देखियो , यसैले तिमीलाई सिधा प्रभुको धाम लैजादै छु ।
महिलाले खुशी हुदैं भनिन, धन्यवाद, । तर मेरो एउटा अनुरोध छ ।
मैलै यहां पृथ्वीमा सबैले स्वर्ग - नरकका बारेमा धेरै कुरो भनेको सुनेको छु , मिल्छ भने एक पटक यि दुवै स्थान हेर्ने ठुलो ईच्छा छ !
यमराजले भने " उत्कृष्ट कर्मका कारण तिम्रो यो इच्छा पनि पुरा हुन्छ सन्देह नगर ।
"अब लागौं स्वर्ग र नरक हेर्दै प्रभु को धाममा" । यमराजले यति भने पति उनि यमराजको पछि लागिन , बाटोमा पहिले नरक आई पुग्यो ।
नरकमा उनले मान्छेहरु जो़ड जो़ड संग रुंदै कराउंदै गरेको आवाज़ सुनिन ।
नरकमा सबै मान्छेहरु दुबला पातला र रोगी देखिन्थे ।
उनले एउटा मान्छे संग सोधिन , किन यहां सबैको यस्तो दयनीय अवस्था छ ?
त्यो मान्छेले भन्यो , " किन नहुनु त यस्तो अवस्था , मरेर जब यहां आयौं , हामीले कुनै दिन पनि खाना खान पाएका छैनौं !
भोकले हाम्रो आत्मा सधैं तड़पि रहन्छ ।
ति महिलाले चारै छ तिर नजर लगाईन, एउटा विशाल तसला देखिन , लगभग तिनसय फिट उचाईमा थियो , तसला माथी एउटा ठूलो चम्चा समेत राखिएको रहेछ ।
तसला बाट अत्यन्त मिठो वासना चलि रहेको थियो ।
उनले त्यसै मान्छे संग सोधिन यो तसलामा के छ ?
त्यो मान्छेले नरमाईलो मान्दै भन्यो ," त्यहां स्वादिष्ट खिर छ भन्छन ।"
ति महिलाले आश्चर्य मान्दै भनिन , त्यसमा स्वादिष्ट खिर छ भने सबै मिलेर किन पेट भरी नखाएको त ?
त्यो मान्छेले रुंदै भन्यो , " कसरी खानु ? त्यो तसला तिन सय फिट माथी छ , हामी कोही पनि त्यहां सम्म पुग्न सक्दैनौ !
महिला लाई लाग्यो , थुईक्क ! तसलामा खिर भयर पनि खान नसक्ने हुतिहारा हरु ।
शायद ईश्वरले यिनि हरुलाई दिएको दंड यहि हुनु पर्दछ !
यमराजले भने " जाउं जाऊं , अब स्वर्ग पनि हेरौं । "
दुबै जना अघि बढे , केही बेरमा स्वर्ग आई पुग्यो ।
स्वर्गमा सबै जना हांसि खुशी देखिन्थे , आपस-आपसमा कुराकानी गर्दै रमाई रहेका , हेर्दै फुर्तिला र सुखि र सन्तुष्ट देखिन्थे । यस्तो दृश्यले महिला पनि खुशी भईन ।
तर त्यहां स्वर्गमा पनि उनले देखिन , नरकमा जस्तै तिनसय फिट उचाईमै तसला राखिएको छ , तसला माथी उत्रै चम्चा पनि छ ।
महिलाले स्वर्गमा पनि उनिहरु संग सोधिन ," त्यो तसलामा के छ ? "
स्वर्गमा भयका हरुले भने " त्यसमा अत्यन्त स्वादिष्ट खिर छ ।"
उनलाई झनै आश्चर्य लाग्यो !
उनले भनिन " यति माथी तिन सय फीटमा तसला छ , यहां पुगेर खिर निकाल्न सक्नु हुन्छ र ?
यस हिसाबले त तपाईंहरुले पनि खान पाउनु भयको छैन कि के हो ?
तर तपाईं हरु यति खुशी हुनु हुन्छ कि ! मैले कुरो बुझिन !
उनिहरुले भने " होईन होईन , हामीले तसलाको खिर पेट भरी खाने गरेका छौ।"
कसरी खानु हुन्छ त्यति अग्लो तसला बाट झिकेर ?
उनिहरुले मुस्कुराउंदै भने , " तसला उच्च स्थानमा भयर हामीलाई केही फरक पर्दैन ।
हेर्नोस त यहां कति धेरै रुख बिरुवा छन , ईश्वरले मनुष्यकै लागी भनेर दिएको बोट बिरुवा, नदी, झरनाको पनि उपयोग गर्न जान्नु पर्यो नि ! त्यो भन्दा पनि मुख्य कुरा यहां स्वर्गमा हामी विच एकता छ , त्यसैले हाम्रा लागी असंभव भन्ने केही पनि छैन ।
हामीले यिनै रुख, बांस काटेर लामो भरेंग बनाएका छौं । त्यसैको सहायताले खिर निकालेर खान्छौं ।
महिलाले यमराज तिर हेरिन , यमराजले मुस्कुराउंदै भने " ईशवरले स्वर्ग र नरक बनाउने जिम्मा मनुष्य लाई नै सुम्पि दिएको छ । कसैले स्वर्ग बनाउंछन कसैले नरक ! "
आखिर नरकमा पनि रुख विरुवा सबै उस्तै थियो , तर उनिहरुको ध्यान भने मात्र खिरको तसलामा छ , उनिहरुलाई हातैमा खिर चाहिन्छ । उनिहरु संग जांगर छैन , अल्छि छन । प्राकृतिक संपदाको सदुपयोग गर्ने खुवि छैन र अन्त्यमा उनिहरु संग एकता छैन । महिलाले भनिन " स्वर्ग र नरकको भेद वल्ल बुझें ।"
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home