बाल हठ
********
एउटा हठी बालक आफ्नो नयां हठ लिएर रडाको मच्चाई रहेको थियो ।
उ भन्थ्यो " पाकेको खुर्सानी" खान्छु .....
सबै ले निकै सम्झाए - "हुंदैन पिरो हुन्छ ! "
अनेक गरेर फकाउंदा पनि कसैको केही लागेन ।
कसैले भन्यो " तल्लो गाउं मा एकजना नाम चलेका गुरु छन , उनि मान्छेको घमंड तोडन महारथी छन , उनलाई बोलाऔं न !"
अन्ततः उनैलाई बोलाईयो ।
गुरुको आदेश बमोजिम "रातो खुर्सानी" मगाईयो ।
एक थाल रातो खुर्सानी उसको अगाडी राखेर गुरुले भने " अब खाउ "
बालकले कुम हल्लाउंदै भन्यो ...
"तारेको मात्रै खान्छु .."
गुरुले "खुर्सानी" तार्न लगाए र उसलाई भने "ल अब चुपचाप खाउ.."
बालक फेरी निंहु खोज्न थाल्यो ,
उसले भन्यो " सिंगै त खान्न , आधि खान्छु "
"खुर्सानि" लाई दुई टुक्रा पारियो ..
अब बालकले पुनः कुरा बदल्यो - उ गुरुजी संग भन्न लाग्यो ,
पहिले तपाईं खानुस….अनि मात्रै म खान्छु ।
गुरुले आंखा चिम्लिएर नाक च्याप्प समातेर जसो तसो आधा "खुर्सानी" निले … ।
गुरुले "खुर्सानी" निल्ना साथ उ झनै जोडले चिच्याउंदै रुन थाल्यो ।
" अब किन ?" गुरुले आंशु र सिंगान पुछ्दै भने ।
तपाईंले मैले खाने भनेको टुक्रा किन खाईदिनु भो ! यो त खान्न म !
गुरुजी धोती सम्भाल्दै निस्किएर हिंडे ।
भनिन्छ ,यस्तै बालक पछि गयर ,ठुलो मान्छे बन्छ रे !
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home