Tuesday, September 18, 2018

होम तथा यज्ञको धार्मिक र वैज्ञानिक महत्व

फ्रान्सका ट्रेले नाम गरेका वैज्ञानिकले  हवन संबन्धि गरेको एक अध्ययनमा हवनका लागी मुख्यतया आंपको दाउरा सबैभन्दा उत्तम समिधा भयको निष्कर्ष निकालेका छन ।  जब आंपको दाउरा  जल्छ त्यसमा निस्कने धुवांबाट " फ़ॉर्मिक एल्डिहाइड " नामक ग्यांस उत्पन्न हुन्छ । जसले खतरनाक ब्याक्टेरिया र जीवाणुहरु नष्ट गरी  वातावरण लाई शुद्द बनाई दिन्छ ।
अनुसन्धानका क्रममा  उखुको  सखर जलाउंदा पनि यही ग्यांस उत्पन्न हुन्छ भन्ने पुष्टि भयको थियो ।
अर्का वैज्ञानिक  टौटीकले गरेको एक अनुसन्धान बाट यस कुराको पुष्टि भयको थियो कि हवन गरिएको स्थानमा आधा घंटा मात्र बस्दा पनि,  हवन गर्दा निस्किएको धुवां  शरीरमा  सम्पर्क हुना साथ टाइफाइड फ़ैलाउने  जीवाणुहरु तत्कालै नष्ट भयको पाईयो ।
हवनको  महत्त्वका बारेमा "राष्ट्रीय वनस्पति अनुसन्धान संस्थान लखनऊ" मा गरिएको अर्को   वैज्ञानिक अनुसंधानले  हवन बाट वातावरण शुद्द हुनुको साथै केही रोगका जीवाणुहरु नाश भयको थप पुष्टि मिलेको बताईएको छ । यसै गरी , नियमित हवन गर्दा ओजोन तहमा भयको विनाश कम हुने समेत निर्क्यौलमा वैज्ञानिक हरु पुगेका थिए । अनुसन्धानका क्रममा धार्मिक ग्रंथहरुमा वर्णित हवन सामग्रीहरु  जुटाई हवन गरिएको थियो । समिधा बाट मात्र  धुवां निकाल्दा भन्दा अन्य हवन सामग्री मिलाई  धुवां निकाल्दा ९६ प्रतिशत ब्याक्टेरिया  हरु कमी भयको पाईएको थियो । परिक्षणमा हवन गरिएको एउटा सभा स्थलमा झ्याल ढोका बन्द गरिएको थियो भने अर्कोमा खुलै छोडिएको थियो । तर २४ घण्टा पछि सम्म पनि दुबै स्थानमा   ब्याक्टेरियाको कमिमा उस्तै नतिजा पाईएको थियो । अतः हवन गर्दा खुला स्थान र घर कोठा भित्र जहां गरे पनि फरक नपर्ने निष्कर्ष निकालियो ।  पटक पटकको अनुसंधानले होम यज्ञ गरेको स्थान वरिपरी ३० दिन सम्म जिवाणुको उपस्थिति अत्यन्त कम हुने बताईएको छ ।
प्रतिवेदनमा लेखिएको छ , हवन द्वारा मानव मात्र होईन बोट बिरुवा र चराचुरुंगी का साथै पशु हरु लाई समेत प्रत्यक्ष लाभ पुगेको थियो। 
अनुसन्धानका क्रममा आंपको समिधा बाहेक यज्ञका समयमा शास्त्रमा उल्लेख गरियका नवग्रह लाई प्रयोग गरिने निम्न प्रकारका समिधा प्रयोग गरिएको थियो ।
नवग्रह                 प्रयोग गरिएको समिधा
सूर्य                                आंक
चन्द्रमा            ‌ ‌              पलांश
मङ्गल                             खयर
बुध                              दतिवन
बृहस्पति            ‌‌            पीपल
शुक्र                              डुम्री
शनि                             शमी
राहु                               दूवो 
केतु                              कुश
हवनको धार्मिक मान्यता :-
          धार्मिक ग्रन्थहरुमा आंकको समिधा रोग नाशक बताईन्छ भने पलाशको समिधा द्वारा सबै कार्यहरु सिद्ध हुन्छन । यस्तै पीपलले सन्ततिको काम बन्ने ,डुम्रीले स्वर्ग लाभ हुने, शमीको समिधाले पाप नाश हुने,दूवोको समिधा बनाई हवन गर्दा दीर्घायु हुने र कुशको  समिधाले सबै मनोरथ  सिद्ध हुने मान्यता रहेको छ ।
वायुमन्डलमा रहेका भिन्न-भिन्न प्रकारका नकारात्मक उर्जा लाई यिनै द्रव्यको धुवां द्वारा सकारात्मक उर्जामा परिणत गरिदिने विश्वासका साथ हिन्दु धर्ममा होम यज्ञ गरिन्छ ।
वायु मण्डलमा चिसो, तातो, वायुको भारीपन,हल्कापन,धूलो, धुँआ,बरफ आदि रहेको हुन्छ र त्यहां विभिन्न प्रकारका कीटाणु  उत्पत्ति हुने , वृद्धि एवं समाप्ति हुने क्रम निरन्तर चलि रहेको हुन्छ ।
त्यसै कारण कुनै ऋतुमा वायुमण्डल स्वास्थ्यकर हुने र कुनै ऋतुमा अस्वस्थ्यकर हुन जाने हुन्छ ।
यसैले अनेकौं प्रकारका  विकृति हटाई   वातावरण अनुकूल बनोस भन्नाका लागी बिभिन्न समिधा हरु बनाई होम गर्ने कार्य वैज्ञानिक दृष्टिकोणले समेत उपयुक्त मानिन्छ ।
होम-द्रव्य अथवा हवन सामग्रीहरु को प्रयोग गर्दा जल्ने पदार्थहरुको प्रयोग गरिन्छ । यस बाहेक होम गर्दा  सुगन्धित पदार्थ हरु जस्तै : केशर, श्रीखण्ड, रक्त चन्दन, इलायची, जाईफल, जाईपत्री ,कपूर आदिको पनि आहुति दिने परम्परा रहेको छ ।
- पुष्टिकारक : घ्यू, गुग्गुल ,सुक्खा फल, जौ, तिल, चामल मह नरिवल आदि ।
- गुलियो – शक्कर, छोहरा, दाख आदि
- रोग नाशक -गुर्जो , जाईफल, घोडताप्रे, तुलसी , अमला , तेजपत्र , केसर ,श्रीखंड चन्दन , जटामसी आदिको प्रयोग गरिन्छ ।
शास्त्रिय मान्यता अनुसार कुन वस्तु हवन गर्दा के काम गर्दछ ?
-अन्न द्वारा गरिने हवन बाट बादल उत्पन्न भै  अन्न उप्जाउ हुने  वर्षा हुन्छ ।
- सुगन्धित द्रव्यहरुको हवन बाट  विचार शुद्ध हुन्छ , गुलियो पदार्थको हवनले  स्वास्थ्य लाई  पुष्ट बनाई शरीरमा आरोग्यता प्रदान गर्दछ ।
- यसैले होम गर्दा सबै प्रकारका पदार्थ लाई  समान महत्व दिने गरिन्छ । यदि अन्य वस्तु उपलब्ध हुन नसके मात्र , तिल, जौ, चामल बाट  काम चलाउने गरिन्छ ।
- हवनका  माध्यम बाट कतिपय रोगलाई  रोकथाम गर्न सकिन्छ । आधुनिक शव्दमा यसैलाई यज्ञ चिकित्सा भनिन्छ ।
विश्वका कयौं देशमा रोग नियंत्रण गर्नकै लागी यज्ञ चिकित्साको प्रचलन बढिरहेको पाईन्छ ।
केही रोगका लागी गरिने यज्ञ चिकित्सामा निम्न वस्तुको हवन गर्ने प्रचलन छ ।
टाइफाईड : – नीम, चिराईतो , त्रिफला , शुद्ध गाईको घ्यूको मिश्रित आहुति ।
ज्वरनाशक – ज्वानो ।
रुघा खोकी, टाउको दुख्ने – किसमिस ।
आंखा सम्बन्धि समस्यामा – शुध्द मह  ।
मस्तिष्क बलवर्धक –मह तथा श्रीखण्ड चन्दन ।
वातरोग नाशक –पिपला ।
मनोविकार नाशक –गुग्गल र अपमार्ग  (दतिवन ) ।
मानसिक उन्माद नाशक –सीताफलको बीउ एवं जटामासी चूर्ण ।
जण्डिस नाशक –देवदारु, चिराईतो, मोथे, कुटकी  ।
मधुमेह नाशक –गुग्गल, सालधूप , जामुनको  वृक्षको बोक्रा र करेलाको डांठ बराबर मात्रामा मिलाउने ।
चित्त भ्रम नाशक –कालो हलेदो , मोथे ,महुआ, श्रीखण्ड चन्दन, गुग्गल,  अलाईंचि, र मह ।
क्षय नाशक –गुग्गल, श्रीखण्ड चन्दन, गुर्जोको चूर्ण र कपूर ।
मलेरिया नाशक –गुग्गल, सालधूप , कपूर, कालो हलेदो , हलेदो , जटामासी, वोझो, देवदारु , ज्वानो, नीम पत्ता ।
सर्वरोग नाशिनी – गुग्गल, वोझो , नीम पत्ता, आंकको पात, देवदारु, बोक्रा नफालेको  मसूरो ।
वात –  सिमलीको पात , गुग्गल, सेतो सर्स्यूं , नीम पत्ताको  चूर्ण  ।
निमोनिया नाशक – वोझो , सालधूप , गुग्गल र असुरोको पात ।
रुघा नाशक –खुर्सानी ,ज्वानो, जटामसी ।
पिनास –बरको पात, तुलसीको पात नीम पत्ता , शितल चिनिको बोक्रा ।
कफ नाशक –बरको पात , तुलसीको पात , वोझो , असुरो ।
सिर दर्द नाशक – कालो तिल  ।
क्यान्सर नाशक – डुम्रीको फूल, अशोकको बोक्रा , अर्जुन छाल , हलेदो, तिल, जौ , सुपारी, कुरिलो, अनारदाना, श्रीखंड चन्दन, रक्त चन्दन,  जामुनको पात , धंगेरीको पातको चुर्णमा दस गुना उखुको शक्कर र  एक गुना केसर मिलाई  दिनमा  तीन पटक  हवन गरिन्छ ।
                                -०-

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home