Monday, September 17, 2018

उ ईश्वर भने थिएन

केही मान्छेहरु ,
रुझेको मुसो जस्तै दगुर्दै थिय ,
दाल चामलको पोको मुखमा च्यापेर ।
अर्का थरी मान्छेहरु ,
गंगटाले जस्तै ताना-तान गर्थे,
एक अर्काको खुट्टा ।
अर्का थरी मान्छेहरु ,
भ्यागुता जस्तै ट्वार ट्वार गर्थे ,
कुवालाई पुरै संसार ठानेर ।
एक हुल मान्छेहरु ,
हुटिट्याउं जस्तै उत्तानो पर्थे,
आकाश खसे थाम्छौं भनेर ।
कोही मान्छेहरु ,
स्यालले पाठा पाठी जस्तै हेर्थे ,
मौकामा च्याप्प पारौंला भन्ठानेर ।
अर्का थरी  मान्छेहरु ,
बांदरले जस्तो न्याय निसाफ दिन्थे ,
बिरालोहरु लाई रोटी बांडे जस्तै ।
एक वथान मान्छे भने,
सिंह जस्तै डराई रहेका देखिन्थे ,
कुवामा आफ्नै छायां देखेर  ।
केही मान्छेका जमातहरु ,
चिल जस्तै उंडिरहेका थिय ,
भन्थे आकाश त हाम्रै खुट्टा मुनि छ ।

एक जना भने  …!
यो सबै दृश्य हेरि रहेका थिय ,
मुस्कुराउंदै तिनै मान्छेहरुको मुर्खता हेर्थे ,
उनि ईश्वर भने थिएन ,
हामी जस्तै मान्छे थिय ,
तर उनि भन्थे म ईश्वर हुं ,
जसलाई तिनै मुसाहरुले ईश्वर बनाई दिय ।
                            -०-

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home