Tuesday, September 4, 2018

मधुर वचन
***********
   एउटा चुरा  व्यापारी, गधाको पिठ्यूंमा  चुरा लादेर बेच्न जान्थ्थो ,एक पटक कुनै  गाउं तिर जादैं गर्दा बाटोमा एउटा बटुवा भेट भयो । बटुवा पनि सोही गाउं तिरै जानु पर्ने भयकाले , दुवै संग संगै गय । कहिले  चुरा  व्यापारी गधालाई भन्थ्यो " छिटो हिंडन मेरी आमा" !
एकै छिनमा फेरी भन्थ्यो " मेरो बैनी ! ,घर फर्कन ढिला हुन्छ , पाईला बढाउन ।" गधालाई कहिले आमा भन्छ ,कहिले बैनी पनि भन्छ , बटुवा लाई आश्चर्य लाग्यो र उसले सोध्यो , "मित्र ! तिमी यो गधालाई किन आमा र बैनी भनेर सम्बोधन गर्छौ ?"
उसले उत्तर दियो  "भाई ! मेरो व्यवसाय नै यस्तै छ , मैले दिन भरी  महिलाहरुको संगत गर्नु पर्छ । गधा संग अपशव्द बोले , मेरो वाणीमा शुद्धता हराउंछ । त्यसैले चुरा बिक्री गर्दा वाणीमा शुद्धता आई रहोस भनेर नै , म गधालाई कहिल्यै अपशव्द बोल्दिन । यसैले यसलाई म सधैं आमा र बैनी भनि सम्बोधित गर्छु । यसो भनि रहंदा  मेरो वचन पावन र  सौम्य एवं सजग बनि रहने छ र मेरो मन पनि  पवित्रताले संधै हर्षित रहन्छ ।
प्रियवाक्य प्रदानेन, सर्वे तुष्यन्ति जन्तवः।
तस्मात तदेव वक्तव्यं,वचने का दरिद्रता? ॥
( मधुर वचन बोल्दा सबै प्रसन्न हुन्छन ,अतः सबै संग मधुर वाणी नै बोलि देउ न । मिठो  वचन बोल्न किन दरिद्रता ? )
                         ****

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home