वैदिक अग्निहोत्र खेती:-
वैदिक कालमा ऋषि- मुनिहरु द्वारा नित्य यज्ञको माध्यम बाट वायुमंडल शुध्द एवं पवित्र बनाएर ,सोही "यज्ञ भष्म "लाई मलखादको रुपमा प्रयोग गरेर नियमित रूपमा खेती गर्ने प्रचलन थियो ।
हाल यसै प्रविधि लाई मुल आधार मानेर अग्नीहोत्र खेतीमा व्यापक अनुसन्धान थालिएको छ । जुन प्रबिधि प्राण उर्जा विज्ञान (Bio energy ) मा आधारित रहेको छ । यसरी खेती गर्दा रासायनिक मल, रासायनिक विषादि , रासायनिक हर्मोन , वर्णशंकर विउ ,मानव मलमुत्र आदिको प्रयोग गरिदैन ।
भारतको हरिद्वार स्थित शांति कुंज लगायत अस्ट्रिया, अस्ट्रेलिया, पेरू, अर्जेटीना,जर्मनी, पोलैंड सहित हाल विश्वका एकहत्तर देशहरुमा अग्निहोत्र खेती तथा "होमथेरापी" सम्बन्धि अध्ययन तथा अनुसन्धान भै रहेको छ ।
भारतको महाराष्ट्र राज्यको जलगाउं, मध्यप्रदेशको खरगौन जिल्लाको महेश्वरमा अग्नीहोत्र खेती गर्न प्रारम्भ गरि सकिएको छ भने कृषि विश्वविद्यालय पालम, तमिलनाडु कृषि विश्व विद्यालय उडुप्पी,देव संस्कृत विश्वविद्यालय हरिद्वारमा अग्नीहोत्र खेती बारे व्यापक रुपमा अनुसन्धान कार्य भै रहे को छ । राजस्थानका केही ग्रामीण बजारहरुमा अग्नीहोत्र खेतीका लागी चाहिने सामाग्री र खेती गर्न सिकाउने सेवाकेन्द्र हरु प्रसस्त खुलेका छन ।
यस प्रक्रिया द्वारा वायुमंडल एवं वातावरणमा रहेको प्रकृतिको स्वाभाविक शक्तिलाई , ज्योतिषीय संयोजन एवं मंत्र शक्ति द्वारा यस्तो परिवर्तन ल्याउने प्रयास गरिन्छ
जस द्वारा सूर्य र चन्द्रमा बाट प्राप्त हुने
उच्च शक्ति युक्त ब्रह्मांडीय उर्जा , बोट विरुवाले सहज र सजिलोसंग ग्रहण गर्दछन । यो प्रक्रिया लाई पृथ्वीको उर्जा चक्रले यस प्रकार नियंत्रित गर्दछ कि जसले प्रकृति अनुरूप प्राणिमात्रको कल्याणका लागी उर्जा प्रवाहित गर्दछ ।
अग्नीहोत्र खेती बाट हुने फाईदा हरु :-
जर्मनी वैज्ञानिक Dr.Ulrich Berk का अनुसार, यसरी गरिने यज्ञ बाट अक्सिजन, इथोलिन अक्साइड,प्रोपाईलिन अक्साइड एवं फर्मेल्डिहाईड उत्पादन हुन जान्छ ।
जस मध्ये फर्मेल्डिहाईडले वालीमा रोग किरा लाग्न बाट जोगाउंछ भने प्रोपइलिन अक्साइडले समयमा वर्षा हुन मदत गर्दछ ।
यसरी गरिएको खेतीमा बिरुवाको बृध्दि छिटो हुने , रोग किरा नलाग्ने , उत्पादित वस्तु प्राकृतिक एवं वास्तविक स्वादमा पाईने , फलमा हानिकारक तत्व नहुने , पौष्टिकतामा बृध्दि हुने , उत्पादित वस्तुको रंग र आकारमा कुनै पनि बिकृति नदेखिने ,सबै फलहरु एकनासका हुने र उत्पादनमा समेत निकै धेरै बृध्दि भयको बताईएको छ ।
बोट बिरुवा र तिनका उत्पादनमा मात्र नभै त्यस कार्यमा संलग्न व्यक्ति तथा निजका परिवार र छिमेकीको समेत शरीर स्वस्थ रहेको र वरपरको वातावरण समेत शुद्ध भयको पाईएको थियो ।
यस बाहेक हृदय रोग, दम, क्षय रोग, मानसिक तनाव आदि घातक रोगहरु बाट समेत छुटकारा पाईने पनि अध्ययनमा जनाईएको छ ।
यसै गरी स्वास प्रश्वास रोग , पेट सम्बन्धि रोग , उच्च रक्तचाप , मधुमेह जस्ता रोग हरुमा उल्लेख्य रुपमा कमि आएको समेत बताईएको छ ।
अग्नीहोत्र ( होम ) का लागी चाहिने आवश्यक सामाग्री र विधि :-
१. पिरामिड आकारको तांबाको हवन पात्र ।
२. गाईको गोबर बाट बनाईएको गुइंठा ।
३. गाईको घ्यू ।
४. पालिस नगरेको चामल ( अक्षता)
५ . सूर्योदय तथा सूर्यास्तको ठीक समय
६. मंत्रोच्चारणका साथ हवन गर्न - मन्त्र
हवन कसरी गर्ने ?
पिरामिड आकारको तांबाको हवन पात्रमा यसको विशिष्ट आकृतिका कारण
विभिन्न प्रकारको सकारात्मक उर्जा ग्रहण गर्ने अद्भुत क्षमता हुन्छ । सूर्योदय र सूर्यास्तको समयमा यस्तो आकृति भयको तांबाको पात्रले झनै धेरै मात्रामा वायुमंडलमा भयका सकारात्मक उर्जा लाई खिचेर लिन सक्दछ ।
क्षत नभयको चामललाई अक्षता भनिन्छ , त्यसैलै नकाटिएका ,नटुक्रिएका चामलका सग्ला दाना बाट मात्र अक्षता बनाईन्छ । सकेसम्म हातले उधारेको वा ढिकिमा कुटेको चामल प्रयोग गर्नु पर्दछ । एक पटकका लागी १०-१५ दाना अक्षता प्रर्याप्त हुन्छ ।
५० ग्राम गाईको शुद्ध घ्यू भय एक महिना लाई पुग्दछ । एक पटकमा १-२ थोपा घ्यू मात्र प्रयोगमा आउंछ ।
शुद्ध गाईको घ्यूले अदृश्य उर्जाको वाहकको रुपमा काम गर्दछ ।
गाईको गोबर बाट बनेको गुईंठामा शिशा तथा प्लास्टिकका टुक्रा , घांस परालका टुक्रा , र अन्य फोहर वस्तु मिसिएको हुनु हुंदैन । शुद्ध गाईको गोबर बाट बनाई घाममा सुकाएको गुईंठामा एक्टिनोमिइसिटीज नामक सूक्ष्म जीव प्रसस्त मात्रामा पाईन्छ । होमको लागी आगो बाल्ने काममा यिनै गुईंठाको प्रयोग गरिन्छ ।
अग्निहोत्रको आगो तैयार गर्ने विधि :
तांबाको पिरामिडमा सर्वप्रथम एक चारपाटे आकारको गुईंठा राख्ने , त्यस माथी समिधा आकारको गुईंठा वा भांचेर बनाएको समिधा आकारका टुक्रा लाई होम गर्दा समिधा राखे जसरी राख्ने ।
यसरी राख्दा वायुको संचार राम्ररी हुन्छ । गुईंठामा थोरै घ्यू दलेर वा कपुर धुपको मद्दतले अग्निदाह गरिन्छ । आगो सल्काउन मुख वा ढुंग्राको प्रयोग गर्नु हुंदैन र कुनै प्रकारको तेल पनि निषेध छ ।
होम अर्थात अग्नीहोत्र कसरी गर्ने ?
पंचांगमा सूर्योदय र सूर्यास्तको हरेक दिनको समय उल्लेख गरिएको हुन्छ , त्यसै समयलाई लक्ष्य गरी , ठीक सुर्योदय र सूर्यास्तको समयमा होम गर्नु पर्दछ । होम गर्न, मौसम अनुकूल पांच देखि दश मिनेट अगाडी अग्नि प्रज्जवलित गरी सक्नु पर्दछ । अब होम गर्ने समयको ठीक दुई मिनेट रहंदा १०- १५ दाना चामलमा १-२ थोपा घ्यू मोलेर बायां हातमा राख्नु पर्दछ । उक्त घ्यू मलिएको चामल लाई दुई भाग गरी ठिक समयमा बुढ़ी औंला र साहिंली औंलाको सहायताले निम्न मन्त्र पढदै सूर्योदयको समयमा दुई पटक यसरी हवन गर्नु पर्दछ :-
मन्त्र :-
" सूर्याय स्वाहा , सूर्याय इदम् न मम "
"सूर्याय स्वाहा ( पहिलो हवन गर्ने )
बांकी मन्त्रको उच्चारण मात्र गर्नें :-
"सूर्याय इदम् न मम् "
दोस्रो मन्त्र र हवन :-
प्रजापतये स्वाहा (हवन गर्ने )
बांकी मन्त्रको उच्चारण मात्र गर्ने :-
"प्रजापतयॆ इदं न मम !"
यसरीनै सूर्यास्तको समयमा पनि यसरी नै तर निम्न मंत्र ले हवन गर्नु पर्दछ ।
"अग्नयॆ स्वाहा ( हवन गर्ने )
तथा बांकी मन्त्र भन्ने :-
"अग्नयॆ इदं न मम ।
दोस्रो मन्त्र र हवन :-
"प्रजापतये स्वाहा" (दोस्रो होम गर्ने )
बांकी मन्त्र उच्चारण मात्र गर्ने :-
"प्रजापतयॆ इदं न मम !"
यो अग्निहोत्र होम गर्दा चाहेमा परिवारका सबै सदस्यले मंन्त्र संगै उच्चारण गर्न सक्ने छन , तर होम भने एकजनाले मात्र गर्नु पर्दछ ।
अग्नीहोत्र होम गर्दा लक्ष्य गरिएको खेत, बारी ,करेसा बारी वा घर गोठ के हो ? त्यसको मध्य भागमा र एकै स्थानमा गर्नु पर्दछ ।
भोपाल ग्यांस दुर्घटना , कुशवाहा बस्ति र अग्नीहोत्र :-
भारतको मध्य प्रदेश राज्य को भोपाल शहर मा ३ दिसम्बर सन् १९८४ का दिन एक भयानक औद्योगिक दुर्घटना भयो। यसलाई भोपाल ग्यांस कांड, या भोपाल ग्यांस त्रासदी को नाम बाट जानिन्छ । भोपाल स्थित यूनियन कार्बाइड नामक कंपनीको कारखाना बाट एक विषाक्त ग्यांसको चुहावट भै सो दुर्घटना भयको थियो । जसका कारण लगभग १५००० भन्दा बढी को ज्यान गयको थियो भने हजारौं व्यक्तिको अनेक तरहको शारीरिक अपंगता भयको थियो भने कैयौं त अंधा भयका थिए । सो ग्यांस काण्डमा मिथाइलआइसोसाइनाइट (मिक) नामक विषाक्त ग्यांस चुहिएको थियो । जसको उपयोग कीटनाशक विषादी बनाउनका लागी प्रयोग हुन्छ । सो काण्डमा ५,५८१२५ व्यक्ति प्रत्यक्ष प्रभावित र आंशिक प्रभावित हुनेको संख्या लगभग ३८,४७८ थियो ।
यस ग्यांस काण्डमा भोपालकै कुशवाहा परिवार बिना कुनै हानि बच्न पुगेका थिए ।
यसको एकमात्र कारण थियो कुशवाहा परिवारमा प्रतिदिन अग्निहोत्र होम गरिन्थ्यो । जुन रात ग्यांस दुर्घटना भयो , त्यस दिन पनि उनिहरुले "अग्निहोत्र" गरेका थिए ।
ध्यान दिनु पर्ने केही कुरा हरु :-
- समयको अभाव देखाई हवन बिचैमा छोड्नु हुंदैन कम-से-कम बिहान १०/१५ मिनेट र सांझ १०/१५ मिनेट शांत चित्त, भावना पूर्वक बस्ने बानि बसाल्नु पर्दछ ।
- होम पछि भस्म न निकाल्ने समय (करिब २ मिनेट) सम्म रीढको हड्डि सिधा राखि ,गहिरो श्वास लिएर बस्नु पर्दछ ।
- यो दुई मिनेट बस्दा दृष्टि भने अग्निमा दिनु पर्दछ ।
- आहुति भस्म भय पछि त्यसलाई निकालेर बन्द गर्न मिल्ने माटो वा शिशाको भांडोमा संकलन गर्नु पर्दछ । कुनै समय खेतीमा मलको कमी भयको शंका लागेमा यसै भष्मको प्रयोग गर्न सकिन्छ ।
- अग्नीहोत्र खेती गर्दा जमिनको तयारी देखी वाली हार्वेस्टिंगको समय सम्म अटुट गर्नु पर्दछ ।
- पिरामिड आकारको ताम्रपात्र लाई अग्नीहोत्र कार्य समापन नगरुन्जेल धुन , पखाल्न हुंदैन । तर सफा र शुद्ध कपडाले पुछेर राख्न सकिन्छ ।


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home