Tuesday, August 28, 2018

गजल
********
सारै मन जम्यो किन यति धेरै,हिउंदको हिउं सरी
मेरो बसन्त छैन वरिपरी, देख्दिन म क्यै गरी

आधा शताब्दी उमेर बिति गयो ,फेर्छु यि सास मात्र म
शरदमा पनि फक्रन नसकेको, रुन्छ यो फूल   बेसरी

खलखलि पसिना आउंछ अति धेरै, पुष माघको जाडोमा
उत्सव ति दशैं तिहारहरु पनि, लाग्छन साउने झरी

मेलाको असंख्य भिड बिच पनि , एक्लै अधुरो हुने
आवाज नआउने मादल बनि सकें , झरिसके छन खरी

घर भित्र रहंदा पनि मन मेरो , भन्छ भिरैमा बसिस
अझै लौ खुट्टा तानि घिसारी , पछारी दिन्छन हरी ।

                          -०-

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home