विवाहमा कन्याले वर संग वाचा गर्ने सात वचन हरु :-
*****************************************
विवाहको समयमा पति-पत्नी विच अग्नि लाई साक्षी मानि एक-आपसमा दिईने यि सात वचन, दांपत्य जीवनमा निकै महत्व पुर्ण मानिन्छन । यि वचन हरुको महत्त्व लाई दुवैले मनन गर्न सक्ने हो भने अत्यंत सुखद दाम्पत्य जीवन बित्ने छ । तर यसमा दुवै स्त्रि पुरुष ईमानदार रुपमा प्रस्तुत भने हुनुपर्दछ ।
१. तीर्थव्रतोद्यापन यज्ञकर्म मया सहैव प्रियवयं कुर्या:
वामांगमायामि तदा त्वदीयं ब्रवीति वाक्यं प्रथमं कुमारी!।
यदि तपाईं कुनै तिर्थयात्रा जानु हुन्छ भने मलाई पनि साथमा लैजानु पर्ने छ । कुनै व्रत-उपवास अथवा अन्य धार्मिक कार्यको आयोजना गर्नु भयो भने मलाई पनि वाम भागमा अवश्य स्थान दिनु पर्ने छ । यदि तपाईं यसलाई स्वीकार गर्नु हुन्छ भने म पनि वामांग बन्न स्वीकार गर्दछु ।
२. पुज्यो यथा स्वौ पितरौ ममापि तथेशभक्तो निजकर्म कुर्या:
वामांगमायामि तदा त्वदीयं ब्रवीति कन्या वचनं द्वितीयम!!
जुन प्रकारले तपाईं आफ्नो माता-पिताको सम्मान गर्नु हुन्छ , त्यसै गरी मेरो माता-पिता लाई पनि सम्मान गरी कुटुम्बको मर्यादा अनुसार धर्मानुष्ठान गर्दै ईश्वर भक्त बनि रहन सक्नु हुन्छ भने म तपाईंको वामांग बन्न स्वीकार गर्दछु ।
३. जीवनम अवस्थात्रये पालनां कुर्यात
वामांगंयामितदा त्वदीयं ब्रवीति कन्या वचनं तूतीयं!!
तपाईं मलाई यो वचन दिनोस कि जीवनका तीनै अवस्था (युवावस्था, प्रौढ़ावस्था, वृद्धावस्था) मा मेरो पालन पोषण गर्न कुनै कसर बाकी राख्ने छैन , पुर्ण रुपमा यो वचन स्विकार्नु हुन्छ भने तपाईंको वामांग बन्न म तैयार छु ।
४. कुटुम्बसंपालनसर्वकार्य कर्तु प्रतिज्ञां यदि कातं कुर्या:
वामांगमायामि तदा त्वदीयं ब्रवीति कन्या वचनं चतुर्थ:।।
आज सम्म तपाईं आफ्नो घर-परिवारको चिंता बाट पूर्णत: मुक्त हुनु हुन्थ्यो , तर अब आज देखि तपाईं विवाह बंधनमा बांधिन गैरहनु भयको छ । भविष्यमा परिवारको समस्त आवश्यकता पूर्तिको दायित्व तपाईंको कांधमा आएको छ । यदि तपाईं यो भार वहन गर्ने प्रतिज्ञा गर्नु हुन्छ भने म तपाईंको वामांगमा बस्न स्विकार गर्दछु ।
५. स्वसद्यकार्ये व्यहारकर्मण्ये व्यये मामापि मन्त्रयेथा
वामांगमायामि तदा त्वदीयं ब्रूते वच: पंचमत्र कन्या!!
आफ्नो घरको व्यवहारिक कार्यमा , लेन-देन अथवा अन्य कुनै प्रकारको खर्च गर्ने समयमा यदि तपाईं मेरो पनि राय सल्लाह लिनु हुन्छ भने म तपाईंको वामांग बन्न स्विकार गर्दछु ।
६. न मेपमानमं सविधे सखीना द्यूतं न वा दुर्व्यसनं भंजश्वेत
वामाम्गमायामि तदा त्वदीयं ब्रवीति कन्या वचनं च षष्ठम!!
यदि म आफ्नो सखिहरु अथवा अन्य स्त्रिहरु संग बसेको समयमा , तपाईंले त्यहां सबैको सम्मुख कुनै पनि कारणले मेरो अपमान गर्नु हुने छैन । यदि तपाईं जुवा अथवा अन्य कुनै पनि प्रकारको दुर्व्यसन लाई आफूं भन्दा निकै टाढा राख्न सक्नु हुन्छ भने म तपाईंको वामांग बन्न स्विकार गर्दछु ।
७. परस्त्रियं मातूसमां समीक्ष्य स्नेहं सदा चेन्मयि कान्त कूर्या।
वामांगमायामि तदा त्वदीयं ब्रूते वच: सप्तमत्र कन्या!!
हजुरले पराई स्त्रि लाई माताको समान सम्झिएर , पति-पत्नीको आपसी प्रेमको विचमा अन्य कसैलाई भागीदार बनाउन पाईने छैन । यदि हजुर मलाई यो वचन दिनु हुन्छ भने हजुरको वामांगमा आई रहन स्वीकार गर्दछु ।
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home