गजल
*********
सुख आएन कहिले नि दुःख मात्र सधैं भरी
बांकि जीवन बिताउन जे गर्छौ गरिदेउ हरी
बाह्र बर्ष यता आउने ठुलो खुशी कठै बरा
त्यो सानो डरले थिच्छ जोगाउने कसो गरी
चोट पराईको भन्दा आफन्तका अझै कडा
त्यै पिडा संझना आउंछ घुमि फिरी घरि घरी
सहजै बित्यो बालापन युवावस्था कहां गयो
गाह्रो भो प्रौढावस्था गृहस्थी भारमा परी
थाकि सकियो यात्रामा बृद्ध पन न आउंदै
प्रभु शरणमा आउने छु यो भवसागर तरी
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home