हिन्दु संस्कारमा भोजन विधिः --
- स्नान वा पंच स्नान ( हात , खुट्टा र मुख ) पछि , सफा धोती वा शुद्ध हल्का कपडा फेरी कच्ची भए गाईको गोवरले लिपेको र पक्की भए गंगाजल र गोमुत्र द्वारा सिंचित गरेको शुद्ध तथा पवित्र भूमिमा (डाइनिंग टेबल मा सकेसम्म भोजन नगर्ने ) पूर्व वा उत्तर फर्किएर सुखासन मुद्रामा बस्नु पर्दछ ।
- भोजनपात्र सामुन्ने राखे पछि माताअन्नपुर्ण लाई संझेर निम्न मंत्रले नमस्कार गर्ने ;-
*ॐ अन्नपूर्णे सदापूर्णे शंकरप्राणवल्लभे | ज्ञानवैराग्य सिद्ध्यर्थं भिक्षां देहि च पार्वति ||*
- दायां हातमा जल लिएर
*ॐनमो भगवते वासुदेवाय*
मंत्रले भोजनपात्रलाई दक्षिणावर्ति जलधारा गर्ने ।
- पुनः जल लिएर *गायत्री मंत्र तथा ॐ सत्येन त्वर्तेन परिषिंचामि ||* दुईवटै मन्त्रले भोजन मा जल छर्कने ।
- अब सानो बयरको दाना जति भोजन भोजन पात्र को दायां पट्टी भुईंमा वा पातमा राखी दायां बाट क्रमस: बायां तर्फ तिन पटक बलिदान दिने । यि तिन मन्त्रका साथमा ।
* - ॐ भूः पतये स्वाहा
- ॐ भुवनपतये स्वाहा
- ॐ भूतानां पतये स्वाहा ||*
+ पुनः हातमा जल लिएर
*ॐ ब्रह्मार्पणं ब्रह्महविः ब्रह्माज्ञौ ब्रह्मणाऽहुतम् |
ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्म समाधिनः||
ॐ तत् सत् ब्रह्मार्पणमस्तु ||*
मन्त्रले तिनवटै वलिदान माथी देवतिर्थ लाई
समर्पित गर्ने ।
- पुनः जठराग्नि लाई स्मरण गर्दै दायां हातमा जल लिने र निम्न मन्त्रले उक्त जल ग्रहण गर्ने ।
- *ॐ अमृतोपस्तरणमसि स्वाहा ||*
- अब पंच गास मौन भएर यि पांच मन्त्रका साथमा ग्रहण गर्ने ।
- ॐ प्राणाय स्वाहा
- ॐ अपानायस्वाहा
- ॐउदानाय स्वाहा
- ॐ व्यानाय स्वाहा
- ॐ समानाय स्वाहा ||
- अब ज्ञान वैराग्य सिद्धि "भोजन यज्ञ " संझिएर स्वस्थ चित्तले भोजन ग्रहण गर्नु पर्दछ ।
- भोजन ग्रहण गरुन्जेल मौन धारण गर्नु पर्दछ ।
- अब यो मन्त्रले अन्तिम आचमन गर्ने :-
*ॐ अमृताऽपिधानमसि स्वाहा ||*
- अब शेष रहे को अन्नमा जल छोड़ी दिने ।
- मुख सफा गरे पछि निम्न मंत्र पढ़ना ले खाना शिघ्र पाचन हुन्छ ।
"आतापी मारितो येन, वातापी येन भक्षिता:
समुद्र शोषते येन, तस्मै श्री अगस्त्य ऋषि नमः "
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home