हिन्दु संस्कार अनुसार जन्मोत्सव मनाउने बिधि :-
---------------------
जन्मदिनको गते तथा तारिख होईन जन्मदिन को तिथी लाई आधार मानि जन्मदिन मनाउनु हिन्दु धर्मालम्विहरुको कर्तव्य हो । हिन्दु धर्म मान्ने हरु ले आयातित संस्कार अनुसार मैनबत्ती निभाएर होईन शुद्ध गाईको घ्यू वा शुद्ध तेल को बत्ती बालि जन्मदिवस मनाउनु पर्दछ ।
जन्मतिथिमा सर्वप्रथम प्रातः तिलको तेल सहित चिसो पानीले स्नान गर्नु पर्दछ । नयां धोती , नयां जनै तथा नयां वा सफा वस्त्र धारण गरि पूर्व दिशा तर्फ फर्किएर बस्नु पर्छ । सकेसम्म पुजा कोठामा र नभए , कुनै सफा कोठा मा बस्ने ।
१ . विधि पुर्वक दीप , कलश , गणेशको पूजा गर्ने ।
२. संक्षिप्त संकल्प :- ॐ अद्य ---- सकलारिष्ट निवृत्तये श्री विष्णुप्रीतये आयुरारोग्याऽभिवृद्धये वर्धापनकर्म करिष्ये।
३. जन्म नक्षत्रकोे स्वामीको पूजा गर्ने र यथासक्य संख्यामा आ- आफ्नो नक्षत्र को मन्त्र जप गर्ने । (१०८ देखी बढीमा ५००० सम्म ।)
उदाहरण का लागी रेवती नक्षत्र छ भने यस मंत्र को जप गरिन्छ :-
रेवती (पूषा): ॐ पूषन् तवव्रते वयं नरिष्येम कदाचन स्तोतारस्त इहस्मसि।। ॐ पूष्णे नम:।
४ . पित्रृ को स्मरण गरि पूजा गर्ने ।
५ . प्रजापति , सूर्य, मार्कण्डेय, परशुराम, बलि, हनुमान, विभीषण, कृपाचार्य, प्रह्लादको क्रमैसंग पूजा गर्ने ।
६ . सबै लाई दही सहित को भोजन , भोग लगाउने ।
७ . मार्कण्डेय को प्रार्थना :-
ॐ मार्कण्डेयाय मुनये नमस्ते महदायुषे। चिरंजीवी यथा त्वं भो भविष्यामि तथा मुने, रूपवान् वित्तवांश्चैव श्रियायुक्तश्च सर्वदा।। मार्कण्डेय महाभाग सप्तकल्पान्तजीवन। आयुः अारोग्यसिद्ध्यर्थम् अस्माकं वरदो भव। चिरंजीवी यथा त्वं तु मुनीनां प्रवरो द्विज! कुरुष्व मुनिशार्दूल तथा मां चिरजीविनम्।। नराणाम् आयुः आरोग्य ऐश्वर्य सौख्य सुखप्रद! सौम्यमूर्ते नमस्तुभ्यं भृगुवंश वराय च। महातपे मुनिश्रेष्ठ सप्तकल्पान्त जीवन । मार्कण्डेय नमस्तुभ्यं दीर्घायुष्यं प्रयच्छ मे।। मार्कण्डेय महाभाग प्रार्थये त्वां कृतांजलिः। चिरंजीवी यथा त्वं भो भविष्येऽहं तथामुने।।
ब्रह्माविष्णुशिवेः सार्द्धं रक्षां कुर्वन्तु तानि मे।।
८ .अष्ट चिरंजीवीको प्रार्थना :-
अश्वत्थामा बलिर्व्यासो हनुमांश्च विभीषणः । कृपः परशुरामश्च सप्तैते चिरजीविनः।। सप्तैतांश्च स्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम्। जीवेद्वर्षशतं साग्रमपमृत्यु विवर्जितः।। प्रीयन्तां देवताः सर्वाः पूजां गृह्णन्तु ता मम। प्रयच्छन्तु आयुः आरोग्यं यशः सौख्यं च सम्पदः। मंत्रहीनं क्रियाहीनं भक्तिहीनं महामुने। यदर्चितं मया देवाः परिपूर्णं तदस्तु मे।
९ . ऐच्छिक :- होम समेत गर्ने ईच्छा छ भने सबै आमंत्रित देवि देवता लाई २८-२८ होम दिने तर अनिवार्य भने पर्दैन ।
१० . कालो तिल सख्खर मिलाईएको दूध , तलको मंत्र पढ़ि सेवन गर्ने ।
सतिलंगुडसम्मिश्र अंजल्यार्धमितं पयः। मार्कण्डेयाद्वयं लब्ध्वा पिवाम्यायुः विवृद्धये।
११. पुजा सके पछि भगवान , पिता ,माता कन्या र मान्यजन लाई ढोग गर्नु पर्छ ।
१२. सांझ आफु कति बर्ष पुगेको हो त्यति नै जोर बत्तिले घरको सबै भागमा दिपावली गर्ने र सुरु हुने (लाग्ने ) बर्षको प्रतिक स्वरुप एउटा ठुलो दियो पुजा कोठा मा बाल्नु पर्दछ ।
१३ . स्वजनहरुलाई भोजन गराउने ईच्छा भयमा शाकाहारी भोजन गराउने अन्यथा एकजना ब्राह्मण लाई अनिवार्य भोजन गराउनु पर्दछ ।
१३. गरीब, रोगी , भिखारी,जोगी वा बृध्द बृध्दा मध्य कसैलाई केहि रुपैया , कपडा वा खाद्यान्न दान गर्ने ।
१४. यस दिन यि सामान्य नियम पालना गर्नु पर्दछ :-
- नंग तथा केश काटनु हुदैन । ब्रह्मचर्य मा रहनु पर्छ । शुद्ध शाकाहारी भोजन मात्र गर्नु पर्दछ । कुनै प्रकारको हिंसा (शारिरिक / मानसिक ) गर्नु हुंदैन । कसैको चित्त दुखाउनु हुदैन । झुटो बोल्नु हुदैन ।


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home