कविको थाली :-
कविता कान सुन्दैन
मात्र देख्छ
सुंघ्छ
र
लेख्छ ।
कविता कसैलाई टेर्दैन
नियम
कानुन
र
उपदेश ।
कविता खोईरो खन्छ
अनैतिक
भ्रष्ट
र
बिसंगतिको ।
कविता जब "क्याटवाक" गर्छ
गाली
ताली
र
थाली पाउंछ ।
अनि पो कवि मंचमा आई
गाली ताली छानविन गर्छ
अनि
जुंगा मुसार्दै
थाली समाई
कविता मेरो सिर्जना भन्छ ।
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home