यस्तो भने होईन हजुर

निकै निकै थाकेको छु
लामो बाटो पाईला चल्दैनन
तर यस्तो भने होईन हजुर
म हिंड्नै छोडि सकेको छु ।
संबन्ध हरुसंग को दुरि बढैको हो
यो निरन्तर जारी नै छ
तर यस्तो भने होईन हजुर
म आफ्ना हरु संग पर पर भाग्दैछु ।
मानव सागरको कोलाहल बिच
नितान्त एक्लो महसुस गर्छु
तर यस्तो भने होईन हजुर
म एकलकाटे भै सकेको छु ।
आफन्तै आफन्त को घेरा भित्र
स्वयं पराई महसूस गर्छु
तर यस्तो भने होईन हजुर
आफन्त हरुको संझना छोड़ी सकेको छु ।
पाईला थाके पनि, दुरी बढ़े पनि
एक्लो भय पनि, पराई भय पनि
तर यस्तो भने होईन हजुर
मैले मानव धर्म छाडी सकेको छु ।
-०- चिरञ्जीवी दाहाल
२१/०९/२०७४
कालिका ६


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home