गजल
उ बेला लैना भैंसि,गाई बाख्रा बिक्दैनथ्यो
अबमान्छे बिक्नथाल्यो,नैतिकता झिक्दैनत्यो
ईज्जत आचरण सबै, सजिलै बिक्ने भो यहां
भ्रष्ट हुने कला छैन , भने कतै टिक्दैन त्यो
उ बेला कसैका खुट्टा, तान्ने कोहि थिएन लौ
खुट्टा तान्ने शिपै छैन , अहिले त ठिकछैन त्यो
सबै भन्दा बाठो मै हुं ,भनि धाक लगाउंछ
मानव धर्म रितीरिवाज कत्तिपनि सिक्दैनत्यो
पैसा को पछि लागेर ईमान धर्म बेचि सक्यो
धर्म कर्म संस्कार त, कहिले पनि जान्दैन त्यो
- चिरञ्जीबि दाहाल
कालिका -६ चितवन


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home