Tuesday, January 2, 2018

ग़ज़ल
अन्तै जन्मेउ हुर्काएर मेरो साथमा पठाई दिए
ईश्वरले मेरो आयु थप्ने भावि खटाई दिए ।
यौवनका रंग रसमा रमाई रमाई खेल्दै थियौं
नियति ले दुबै किडनी बिगारेर हटाई दिए ।
लाला बाला घरै छोडि शरिर टाल्न गयौं हामी
सानो हाम्रो जायज्याथा उपचारमा घटाई दिए
लाखौं प्रयास गरेपछि टालटुल गर्न योग्य भएं
दोश्रो जुनि दियौ प्रिय किडनी टांसि पठाई दिए
उनकै किडनी साझा बनाई एउटा एउटा बांडि लियौं
धन्न ईश्वर धन्य प्रिय यो ज़िन्दगी पटाई दिए ।
                              -०-

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home