Saturday, December 23, 2017

  कनिष्ठ नेता :-
 चुनाव सकिना साथ कनिष्ठ नेता अकस्मात बिरामी भएछन  । अनेक अस्पताल र धेरै डाक्टर को उपचार पछि पनि बिसको उन्नाईस नभए पछि श्रीमतीजी निकै सोच-विचार पछि  आफैं डाक्टर खोज्न गइछन । डाक्टर आउनासाथ  रोगको लक्षण बारे सोधपुछ भयो , उनि बताउदै गईन -
-हरेक दिन कुखुरा संगै उठ्नु हुन्थ्यो  ,
-घोडा जस्तै छिटो छिटो हतार गरेर गाउं चाहर्न  जानु हुन्थ्यो ,
- गधाले जसरी  दिन भरी जोतिनु हुन्थ्यो ,
- स्यालले जस्तै जताततै बाट अनेक जानकारी हरु लिनु हुन्थ्यो ,
- बांदरले जस्तै सीनियर नेताहरुको इशारा मा   नाच्नु हुन्थ्यो ,
- घरमा  आउना साथ  परिवार लाई  कुकुर ले जस्तै झम्टन थाल्नु  हुन्थ्यो ,
- अनि  फेरी  भैंसीले झैं टन्न खाएर सुत्नु हुन्थ्यो  ।
लक्षण सुनि सकेपछि डाक्टर ले भने " यो जटिल रोग जस्तो लाग्यो , हामीले यस्तो रोग हेर्न सक्दैनौं , उहांलाई एक पटक फेरी  मान्छेकै डाक्टर लाई देखाउनुहोस ।
 नेताजी श्रीमती को मुख तिर हेरेर जिल्ल परे !

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home