भुत भविष्य र वर्तमान :-
भुत भविष्य र वर्तमान :-
फेरी खोजी रहे को छु
छोड़ी सकेको भुत काल
हेरि रहे को छु
लथालिंग वर्तमान
नियाली रहे को छु
अनकन्टारको भविष्य
न त भुतकाल पाईएला
न सुधारिएको वर्तमान
लाग्छ , बरु भेट नभई दिए
कति जात्ती हुन्थ्यो
त्यो अन्धकारको भविष्य संग
उहिल्यै पनि भविष्य यस्तै लाग्थ्यो
जुन वर्तमान मा फेला परेको छ
भिरको टाउकोमा कोल्टे ढुंगा छ
तल निदो काली दहको आभास संगै
तिखा सिउंडीका कांडा मुनीको ढुंगा
मसिनो हावाको झोका संगै
गर्ल्याम गुर्लुंम हुंदा त्यै ढुंगा को म
न उम्कन सकें नत दह मैं पुगें
पुगें त केवल भुतकालको भविष्य मा
वर्तमान को भुमरीमा र यस्तै परिस्थिति मा ।


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home