Tuesday, December 12, 2017

             
      दम्भ, गल्ती र मान्छे :-

हो म गल्ती गर्छु ,
किन कि म मान्छे हुं
म गल्ती स्विकारछु
 किन कि म मान्छे हुं
गल्ती पछि माफी माग्छु ,
 हो म  मान्छे हुं
गल्ती सुधार्ने मौका माग्छु ,
त्यसैले म मान्छे हुं
फेरी गल्तीको संभावना रहन्छ ,
आखिर म मान्छे हुं
यदि तिमी पनि मान्छे नै हौ भने
मेरो गल्तीका लागी मलाई माफ गर
साच्चै तिमी मान्छे नै हौ भने
मेरो गल्ती सुधार्ने मौका देउ
तिमी मान्छे नै यदि हौ भने
मलाई पनि मान्छे नै संझ
तिमीआफै सरह मलाई, मान्छेकै व्यवहार गर
हो तिमी मान्छे हौ भने
तिमीले बिगारे भुल र
 मैले बिगारे गल्ती नभन
तिमी मान्छे भए ,
 मैले जस्तै गल्ती गर्छौ
तिमी मान्छे भए
तिमिले पनि गल्ती स्विकार
होईन भने एउटा तथ्य बुझ
मान्छे सधैं मान्छेनै हुन्छ
मान्छे मान्छेको लागी हुन्छ
मान्छे कहिल्यै मेसिन हुदैन
मान्छे हुं त्यसैले ईमान्दार भएर भन्छु
म संगका दम्भहरु त
म उखेल्दै फाल्ने छु
आशा छ तिमी पनि
 दम्भ रहित हुने छौ
अनि,
तिमी पनि मान्छे हुनेछौ
            -०-

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home